SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०५:०३ AM · 1 मिनेट पढाइ

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो हटाउदैँ: बेलुकासम्म खुल्ने सम्भावना

चितवन, ८ असोज । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको ठूलो सुख्खा पहिरो हटाउने काम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सात बजेदेखि चारवटा मेसिन प्रयोग गरी काम थालिएको भए पनि पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने सम्भावना छ । सडक अवरुद्ध भएकाले गाडीको आवागमन पूर्णरूपमा बन्द छ ।