SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०५:२१ AM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिन सडकखण्ड भोलि दिउँसोसम्म खुल्न सक्ने

चितवन, ८ असोज । नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको ठूलो पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । तर पहिरो ठूलो भएकाले सडक आज पूर्ण रूपमा खुल्ने सम्भावना छैन । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार निरन्तर काम भएमा भोलि दिउँसोसम्म सडक खुल्न सक्ने सम्भावना छ ।