SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०८:१४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबिच भेटवार्ता

काठमाडौँ, ८ असोज।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेकी हुन् । भेटपछि प्रधानमन्त्री निवासबाट बाहिरिएकी थिइन् । “प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,” राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।