SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

६ घण्टामा अर्थमन्त्रीको इमेलमा १६६ गुनासा, ३ वटा तत्काल समाधान

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेलबक्समा सार्वजनिक सूचना जारी गरिएको ६ घण्टाको अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल प्राप्त भएका छन् । अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भएमा वा कर्मचारीले घुस मागेमा सिधै इमेल गर्न सकिने सूचना जारी गरिएको थियो ।