SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०९:२८ AM · 1 मिनेट पढाइ

वर्षा सुरु भएपछि तुइन खोलाको पहिरो पन्छाउने काम रोकियो

चितवन, ८ असोज । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरो हटाउने काम रोकिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा ठूलो पहिरो खस्दा मंगलबार अपराह्नदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । बुधबार बिहान साढे ६ बजेदेखि चारवटा डोजर तथा अन्य मेसिन प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिएको थियो ।