SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

मतदाता नामावलीमा युवाहरूको नाम दर्ताको बाटो खुल्यो

 काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको छ । अब मतदाता नामावलीमा नाम छुटेकाहरूले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्नेछ ।