SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

ताइवानमा आँधी ‘रागासा’ को ठूलो प्रभाव, १४ जनाको मृत्यु

काठमाडौँ । ताइवानमा आएको शक्तिशाली आँधी ‘रागासा’ का कारण कम्तिमा १४ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, एक सय २० जनाभन्दा धेरै मानिस बेपत्ता भएका छन् । मुसलधारे वर्षा र बाढीका कारण पूर्वी हुवालियनस्थित गुआङ्फु शहरको एक ताल फुट्दा ठूलो क्षति भएको हो । ताल फुटेपछि आएको बाढीले बस्तीहरू डुबानमा परेका छन् ।