SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

बाबुराम भट्टराईले दिए अध्यक्ष पदबाट राजीनामा

 काठमाडौं, ८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् । सो बैठकले केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनमा जाने निर्णय समेत गरेको छ ।