SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

भ्रष्टाचार आरोपी अध्यक्ष सम्पर्कविहीन, खतिवडा महिला आयोगको कार्यवाहक अध्यक्ष

काठमाडौं, ८ असोज । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली जेष्ठ नागरिक भवन निर्माणमा संलग्न भ्रष्टाचार प्रकरणमा उच्च अदालतको निगरानीमा रहेकी बेला अचानक सम्पर्कविहीन भएकी छन् । यस्तो परिस्थितिमा आयोगको नेतृत्व रिक्त नहोस् भन्ने उद्देश्यले आयोगकी वरिष्ठ सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संवैधानिक र कानुनी प्रावधानअनुसार आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने निर्णय गरेकी छन् ।