SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

अस्पतालको गार्ड रुममा एसी हस्तान्तरण

बुटवल, ८ असोज । लुम्बिनी प्रादेशिक अस्पतालको सुरक्षा कक्षमा एसी जडान गरिएको छ । बुटवल सेरोफेरो हङकङका आजीवन सदस्य पुरन खड्कासहित विभिन्न दाताको सहयोग तथा डा. नेत्र रानाको अगुवाइमा सुरक्षा सेवामा खटिएका गार्डहरुलाई लक्षित गर्दै उक्त एसी हस्तान्तरण गरिएको हो ।