प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्। उनले सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने तयारी छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ।
