बालेनले प्रधानमन्त्रीलाई सोधे– जेनजीमाथि गोली चलाउनेहरू किन पक्राउ परेनन् ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका छन्। बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ?’ भनेर जिज्ञासा राखेकी थिइन्। त्यसपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए।
