SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ०३:४४ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा जलेका नेपालगञ्जका दुई सरकारी भवन प्रयोगयोग्य रहेनन्

नेपालगञ्ज, ८ असोज । जेनजी आन्दोलनका क्रममा आगजनी भएको मालपोत र आन्तरिक राजश्व कार्यालय, नेपालगन्जका भवन अब प्रयोगयोग्य नरहेको प्राविधिक अध्ययनले देखाएको छ । करोडौंको लागतमा एक दशकअघि निर्माण गरिएका यी भवनलाई अब भत्काएर नयाँ बनाउनुपर्ने स्थिति आएको हो ।