SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०२:४२ AM · 1 मिनेट पढाइ

दसैँ सुपथ मूल्य पसलको औचित्य 

नेपालीहरूको सबैभन्दा ठुलो पर्व दसैँ र तिहारको अवसरमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले देशका विभिन्न १ सय ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । हरेक वर्ष विभागले यसरी नै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । वर्षको एक पटक सञ्चालन हुने यस्तो सुपथ मूल्य पसलमा भने उपभोक्ताको गुनासो कम होइन बरु बढ्ने गरेको छ ।