एशिया कप टी–२० : सुपर–४ मा आज भारत र पाकिस्तान खेल्दै
काठमाडौँ, ०५ असोज । एशिया कप टी–२० क्रिकेटको सुपर–४ चरणमा आज भारत र पाकिस्तान आमनेसामने हुनेछन् । खेल नेपाली समयअनुसार राति सवा ८ बजे दुबईमा सुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । गएराति सम्पन्न खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराउँदै तालिकामा दुई अङ्क जोडेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
