SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०९:२८ AM · 1 मिनेट पढाइ

नेपाल छनोट समितिले ‘अञ्जिला’ को अस्कर सिफारिस स्थगित गर्यो

काठमाडौँ । चर्को विवादपछि नेपाल अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले फिल्म ‘अञ्जिला’ लाई अस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय स्थगित गरेको छ । शनिबार बसेको समितिको बैठकपछि निर्णय स्थगित गरिएको समितिका अध्यक्ष विमल पौडेलले जानकारी दिए । पौडेलका अनुसार केही दिनको म्याद दिएर पुनः आवेदन माग गरिनेछ ।