SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

पेरुमा भ्रष्टाचार र नयाँ पेन्सन कानूनविरुद्ध प्रदर्शन चर्कियो

काठमाडौँ, ०५ असोज । भ्रष्टाचार र नयाँ पेन्सन कानूनविरुद्ध पेरुमा आन्दोलन चर्किएको छ । राजधानी लिमा शहरमा हिजो सरकारविरोधी प्रदर्शनमा सहभागी सयौं प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको समाचार संस्था एएफपीले जनाएको छ । प्रदर्शनकारीहरूले ढुङ्गा र लठ्ठी प्रहार गर्दा प्रहरीले अश्रुग्यास प्रयोग गरेर भीड नियन्त्रणमा लिएको थियो ।