SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०९:५५ AM · 1 मिनेट पढाइ

नख्खु कारागारबाट भागेका कैदीले घरैमा गरे श्रीमतीको हत्या

काठमाडौँ । नख्खु कारागारबाट भागेका कैदीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२, गागलका ३५–३६ वर्षका सन्तबहादुर तामाङले आफ्नी श्रीमती, ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिएका छन् । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए ।