नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो
काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक सुचारु भएको छ । आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
