जेनजी आन्दोलनमा भएको दमनको जाँचबुझ गर्न आयोग गठनः अध्यक्षमा कार्की
काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगका सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारीलाई नियुक्त गरिएको जानकारी दिए।
