SHARE
बुटवल टुडे · आइबार​ ५ असो २०८२ ०२:१४ PM · 1 मिनेट पढाइ

विद्युत प्राधिकरणमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो। सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्। सिलवालको कार्यावधि ४ वर्षको रहने छ।