SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०३:२९ AM · 1 मिनेट पढाइ

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

सल्यान, ०६ असोज । जिल्ला प्रशासन कार्यालय सल्यानले पालिका स्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। कुमाख गाउँपालिकाबाट आइतबार सुरु भएको परिचयपत्र वितरण कार्यक्रम एक साता सम्म चल्नेछ । जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर अर्जुन रावतका अनुसार कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका अपाङ्गता, अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि पनि परिचयपत्र बनाइनेछ ।