SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०४:०५ AM · 1 मिनेट पढाइ

भैरहवामा ‘दसैँ सस्तो बजार-२०८२’ आयोजना हुने

भैरहवा, ६ असोज । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले यस वर्ष पनि ‘दसैँ सस्तो बजार-२०८२’ आयोजना गर्ने भएको छ। असोज ८ गतेदेखि १२ गते सम्म सङ्घको परिसरमा सुरु हुने यो पाँच दिने बजारले उपभोक्ताहरूलाई सस्तो, सुलभ र गुणस्तरीय सामानहरू एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।