SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०४:२५ AM · 1 मिनेट पढाइ

मन्त्री बन्ने सूचीबाट काटियो संगीता मिश्रको नाम

काठमाडौँ । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिरहेकाले आज उनको नाम काटेर पुन: चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो।