SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०४:३८ AM · 1 मिनेट पढाइ

नयाँ मन्त्रीहरूको शपथग्रहण दिउँसो दुई बजे

काठमान्डौ, ६ असोज । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । नयाँ मन्त्रीहरूको शपथग्रहणका लागि दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, र पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेको समाचार सार्वजनिक भएको छ ।