SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०४:५६ AM · 1 मिनेट पढाइ

मलाई मन्त्री होइन, ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला- महावीर पुन

काठमान्डौ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका लागि सिफारिस गरिएका वैज्ञानिक महावीर पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । फेसबुकमार्फत पहिलो घोषणा गर्दै पुनले लेखेका छन्, “मलाई कसैले मन्त्री नभन्नुहोला ।