SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०५:१६ AM · 1 मिनेट पढाइ

नेपाल साफ १७ वर्षमुनिको फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमान्डौ, ६ असोज । नेपाल साफ १७ वर्षमुनिको फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो बेलुकी सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल अन्तिम चारमा पुगेको हो । दुई खेलमै विजय हासिल गरेको बङ्गलादेश समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ ।