SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०५:२६ AM · 1 मिनेट पढाइ

भारतमा दैनिक उपभोग्य वस्तुमा जीएसटी कटौती

काठमान्डौ, ६ असोज । भारत सरकारले लामो समयदेखि दैनिक उपभोग्य वस्तुमा लगाउँदै आएको वस्तु तथा सेवा कर (जीएसटी) कटौती गरेको छ । यससँगै किराना तथा भान्सामा प्रयोग हुने अधिकांश सामान सस्तो भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो कर कटौतीलाई ‘जीएसटी बचत उत्सव’ नाम दिँदै निम्न आय वर्गका परिवारलाई राहत हुने बताएका छन् ।