SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०५:४३ AM · 1 मिनेट पढाइ

वर्षा र पहिरोले आज पनि ५ राजमार्ग अवरुद्ध, दसैँको बेला यात्रुलाई सास्ती

काठमान्डौ, ६ असोज । देशभर वर्षा र बाढी–पहिरोका कारण आज पनि पाँचवटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने सातवटा राजमार्गमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण अवरुद्ध रहेको छ । सोही राजमार्ग अन्तर्गत मकालु गाउँपालिका -३ को एकुवा क्षेत्रमा पनि सडक अवरुद्ध छ।