SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०६:०५ AM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि बढाइयो

काठमान्डौ, ६ असोज । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था थियो । तर, सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् समयावधि बढाएर नवीकरणको अन्तिम मिति असोज मसान्त कायम गरिएको संशोधित नियमावली आधिकारिक राजपत्रमा प्रकाशित भइसकेको छ ।