SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०९:४६ AM · 1 मिनेट पढाइ

फर्साटिकरलाई २३ औं लिस्नु कपको उपाधि

बुटवल, ६ असोज । रुपन्देहीमा सम्पन्न २३ औं लिस्नु कप २०८२ प्रतियोगिताको उपाधिका फर्साटिकर एफसीले चुमेको छ ।  आईतबार भएको फाईनल खेलमा अञ्चलपुर युवा क्लब सिद्धार्थनगरलाई ६–४ को अन्तरले पराजित गर्दै फर्साटिकर विजेता बनेको हो । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँबाट पुरस्कृत भयो ।