SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ १०:०० AM · 1 मिनेट पढाइ

ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

सुर्खेत, ६ असोज । सुर्खेतमा ट्रक र बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको ज्यान गएको छ । भेरीगंगा नगरपालिकास्थित पाडुलेमा ट्रक र बुलेट मोटरसाइकल ठोक्किँदा करिब २२ वर्षीय एक युवकको ज्यान गएको हो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।