SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

शपथ समारोहमा पहिलो पटक देखिए सभामुख घिमिरे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे पनि सहभागी भए । सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा उनी उपस्थित भएका हुन् । २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने प्रतिनिधिसभा विघटन भएको थियो । त्यसयता घिमिरे पहिलो पटक सार्वजनिक समारोहमा देखिएका हुन् ।