SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

अपरझट मन्त्री बनेको छु, योजना पछि बताउँछु : महावीर पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा शपथ लिएका महावीर पुनले आफूलाई अप्रत्याशित रूपमा मन्त्री बनाइएकाले तत्काल योजनाबारे नसोध्न आग्रह गरेका छन् । शीतल निवासमा शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्ने भन्नेर नसोध्नुहोस् ।