SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ १२:४२ PM · 1 मिनेट पढाइ

गायक करण चौधरीको नयाँ गीत ‘तु मवर छैली हो’ सार्वजनिक

नेपालगञ्ज, ६ असोज । चर्चित गायक करण चौधरीको नयाँ गीत ‘तु मवर छैली हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राप्ती सोनारी–३ भगौतीपुर निवासी गायक करण चौधरीले आफ्नै शब्द र स्वरमा प्रस्तुत गरेको गीतलाई आज दिउँसो ३ बजे आर के सी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।