SHARE
बुटवल टुडे · सोमबार ६ असो २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा क्षति पुगेको ट्राफिक कार्यालयलाई सहयोग

दाङ,६ असोज । दाङको घोराही १५ रतनपुरमा  रहेको  गुरुकुल एकेडेमीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीलाई विभिन्न सामग्री सहयोग गरेको  छ। भदौ  २४ गतेको आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना ध्वस्त भएपछि कार्यालय सञ्चालनमा कठिनाई भएको अवस्थामा विद्यालयले करिब ८० हजार रुपैयाँ बराबरका सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो।