SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ११:५२ PM · 1 मिनेट पढाइ

कतारमा ६४ जना नेपालीहरूले गरे रक्तदान 

कतार, ४ असोज । कतारमा स्थापित संस्था कोशी प्रदेश समन्वय परिषद् कतारले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । नेपाली रक्तदाता सङ्घ कतारको समन्वय तथा प्रदेश मातहतमा रहेका विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा शुक्रवार कतार नेशनल ब्लड डोनेसन सेन्टरमा कतारमा रहेका नेपालीहरूले रक्तदान गरेका हुन ।