SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ १२:२२ AM · 1 मिनेट पढाइ

आज दिउँसो र राति पनि विभिन्न स्थानमा वर्षा हुने

काठमाडौँ । आज दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखका अनुसार, आज दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ।