SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०१:२९ AM · 1 मिनेट पढाइ

नारायणगढ-मुग्लिन सडक १३ घण्टादेखि अवरुद्ध, यात्रुहरू रातभर सडकमै

बुटवल, ४ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ।