SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

धार्मिक साहित्यमा दसैँ र नारी शक्तिको महत्त्व

हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि छन् र तिनका आफ्नै साहित्य पनि छन् । वैदिक साहित्यलाई पृष्ठभूमिका रूपमा मान्दा ती साहित्यबाहेकका अन्य साहित्य प्रारम्भमा धार्मिक साहित्यबाट नै प्रभावित र प्रेरित भएर लेखिएका छन् । हाम्रो पूर्वीय परम्परामा मात्र होइन, पाश्चात्य परम्परामा पनि प्रारम्भिक साहित्य धार्मिक साहित्यबाट नै अभिप्रेरित रहेको पाइन्छ ।