SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०३:२५ AM · 1 मिनेट पढाइ

धुर्कोटमा संविधान दिवसमा योगदान गर्नेलाई सम्मान

गुल्मी, ०४ असोज । गुल्मीको धुर्कोट गाउँपालिकाले पालिकाको विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ । शुक्रबार संविधान दिवसको अवसरमा पालिकाको विकासमा योगदान गर्ने समाजसेवी, शिक्षक, कर्मचारी, पत्रकार, सङ्घ संस्था लगायतलाई सम्मान गरेको हो । गाउँपालिकाले ५० हजार राशिको सहिद शमशेर बहादुर खत्री वर्ष पुरस्कारबाट वडा नम्बर ५ वस्तु निवासी महेन्द्र भण्डारीलाई सम्मान गरेको छ ।