SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०३:५१ AM · 1 मिनेट पढाइ

सार्वजनिक बिदा र शनिबार  पनि सत्यवतीका विद्यालय सञ्चालनमा

गुल्मी,४ असोज । सार्वजनिक बिदा र शनिबारका दिनमा पनि गुल्मीको सत्यवती गाउँपालिका भित्रका विद्यालयहरू सञ्चालन भएका छन् । सत्यवती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाण्डेका अनुसार असोज तीन गते संविधान दिवस, चार गते शनिबार र छ गते घटस्थापनाका दिन पनि विद्यालय सञ्चालन हुने बताएका छन् ।