SHARE
बुटवल टुडे · शनिबार ४ असो २०८२ ०३:१२ PM · 1 मिनेट पढाइ

भैरहवामा लायन्स डिष्ट्रिक्ट ३२५ पी द्वारा बृहत रक्तदान कार्यक्रम

भैरहवा, ४ असोज । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल अन्तर्गत एरिया–५ ले एक बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। शनिबार रुपन्देहीको भैरहवामा आयोजित उक्त कार्यक्रममा कुल ४० यूनिट रगत संकलन गरिएको एरिया–५ का एरिया चिफ को–अर्डिनेटर प्रशान्तमणि रामदामले जानकारी दिए ।