SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ १२:१७ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीका ४८ एसपीको सरुवा : जिल्ला इन्चार्ज व्यापक हेरफेर

काठमाडौँ । सरकारले जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीको व्यापक सरुवा गरेको छ। बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) को सरुवा गरिएको हो। सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन्। लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन्।