SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ १२:५३ AM · 1 मिनेट पढाइ

लुम्बिनीमा ६ सय भन्दा बढी सरकारी सवारी साधन नष्ट

बुटवल, २ असोज । जेनजी समूहको आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सरकारी सवारीसाधनमा अभूतपूर्व क्षति पुगेको छ । प्रारम्भिक तथ्याङ्कअनुसार ६ सयभन्दा बढी सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन् । आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति बाँकेमा भएको देखिन्छ ।