SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०१:३४ AM · 1 मिनेट पढाइ

सामुदायिक वनमा ‘चिउरी चमत्कार’

पाल्पा, ०२ असोज ।  निस्दी गाउँपालिकाको मित्यालको मौलाथरकी जेत माया खाम्चाले गत वर्ष चिउरीको बिजुला बिक्रीबाट ५ हजार रुपैयाँ हात पर्दा उनी साह्रै खुसी भएकी थिइन् । आफ्नै गाउँको सामुदायिक वनमा हुर्किएका चिउरीका रुखहरूमा फलको भित्री भागमा रहेका बिजुलालाई आयआर्जनको माध्यम बनेपछि आफू जस्तै धेरै महिलाहरू खुसी भएको उनले बताइन् ।