SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०४:५३ AM · 1 मिनेट पढाइ

पोर्चुगलमा आप्रवासीको आवास अनुमति खारेज, नेपाली समेत प्रभावित

काठमान्डौ, २ असोज । पोर्चुगलले आप्रवासीलाई दिँदै आएको आवास अनुमति खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ । यसले दशैं मनाउन नेपाल फर्किन लागेका केही नेपाली समेत प्रभावित भएका छन् । बुधबार मात्र लिस्बन विमानस्थलमा १२ जना आप्रवासीलाई आवास अनुमति पत्रसहित यात्रा गर्न रोकिएको थियो, जसमा नेपाली पनि परेका छन् ।