SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०५:११ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको बहानामा पार्टीलाई बदनाम गर्ने प्रयासप्रति रास्वपाको आपत्ति

काठमान्डौ, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको दुरुपयोग गर्दै केही अवाञ्छित व्यक्ति र समूहले पार्टीलाई बदनाम गर्न खोजेको आरोप लगाएको छ । पार्टीका अनुसार रास्वपा र यससँग सम्बद्ध व्यक्तिहरूको नाममा उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई धम्कीपूर्ण टेलिफोन सन्देश पठाइएको छ ।