SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

रुपन्देहीमा जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट दुईको मृत्यु

बुटवल, २ असोज । रुपन्देही जिल्लामा लामखुट्टेद्वारा सर्ने जापानिज इन्सेफ्लाइटिस र डेंगु संक्रमण बढ्दै गएको छ । यसका कारण दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० र डेंगुबाट १८४ जना संक्रमित भएका छन् ।