SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०७:०३ AM · 1 मिनेट पढाइ

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री कार्कीको भर्चुअल वार्ता

काठमान्डौ, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भर्चुअल माध्यमबाट वार्ता गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जोडिएको वार्ता करिब २० मिनेट चलेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिएका छन् । वार्तामा परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि उपस्थित थिए ।